ad ad

राजनीति


कैलालीमा एनटीसीको टावर ढल्दा तीन घाइते

कैलालीमा एनटीसीको टावर ढल्दा तीन घाइते

नेपालखबर
फागुन १५, २०७६ बिहिबार १२:४६,

कैलालीको भजनीमा टेलिकमको टावर ढल्दा तीन जना घाइते भएका छन्।

भजनी नगरपालिका–१ स्थित नेपाल टेलिकमको पुरानो टावरलाई खोल्ने क्रममा टावर ढल्दा तीन जना कामदार घाइते भएका हुन्।

घाइते हुनेमा बर्दियाका ३२ वर्षीय चन्द्रबहादुर चौधरी, ३५ वर्षीय सन्ते चौधरी र २६ वर्षीय माइकल चौधरी रहेको इलाका प्रहरी कार्यालय भजनीले जनाएको छ। घाइतेमध्ये दुईको अवस्था सामान्य रहेको र एकको अवस्था गम्भीर रहेको छ।

गम्भीर घाइते भएकालाई उपचारका लागि कोहलपुर मेडिकल कलेजमा रिफर गरिएको भजनी नगरपालिकाका नगर प्रमुख शेरबहादुर चौधरीले बताए।

शनिबारदेखि नै टावर खोल्ने काम शुरु गरे पनि बुधबारसम्म आधा टावर खोलिसकेको र बाँकी टावरलाई तारले सपोर्ट गरी बाँधेको अवस्थामा काम गर्ने क्रममा टावर अनियन्त्रित भइ ढलेको नगर प्रमुख चौधरीले बताए। टावरले च्यापेपछि डोजरले पर्खाल भत्काएर टावर हटाई घाइतेको उद्धार गरिएको बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .