ad ad

राजनीति


देउवासँग मिल्नुअघि ओलीले प्रचण्डलाई स्वर्ग, नर्क जहाँ गए पनि सँगै जाने भनेछन् : माधव नेपाल

देउवासँग मिल्नुअघि ओलीले प्रचण्डलाई स्वर्ग, नर्क जहाँ गए पनि सँगै जाने भनेछन् : माधव नेपाल

नेपालखबर
असार २२, २०८१ शनिबार १८:५४, काठमाडौँ

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सत्ता समीकरण फेरबदल हुनुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेका प्रतिबद्धताबारे चर्चा गरेका छन्। 

देउवासँग सहमतिमा हस्ताक्षर गर्नुअघि दिउँसो बालुवाटारमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग लगातार ४ घण्टासम्म छलफल गरेर विभिन्न प्रतिवद्धता ओलीले गरेको उनको भनाइ छ। 

‘जुनदिन केपी ओली र शेरबहादुरजीको हस्ताक्षर भएको थियो। त्यो दिन दिउँसो ४ घण्टा लामो पुष्पकमल दाहाल प्रचण्ड र केपी ओलीबीच कुरा भयो। त्यहाँ केपी ओलीजीले तीनवटा कुरा राख्नुभयो,’ नेपालले भने। 

उनका अनुसार, सोही दिन ओलीले प्रचण्डलाई स्वर्ग गएपनि नर्क गएपनि सँगै जाने भनेको बताए। 

शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा ओलीकोे भनाइ उद्रद्धृत गर्दै उनले भने, ‘हामी स्वर्ग पनि सँगै जान्छौँ, नर्क पनि सँगै जान्छौँ। ५ वर्षसम्म यो सरकार यताउता हुनेवाला छैन। प्रचण्डजी ढुक्क हुनुभयो। भोक लागेको भए त्यो पनि मर्यो होला।’

दोस्रोमा उनले कम्युनिस्ट पार्टीहरू मिलेर जानुपर्ने बताएको उनको भनाइ थियो। ‘हामी कम्युनिस्ट कम्युनिस्ट मिलेर जानुपर्छ। कम्युनिस्ट पार्टीलाई मिलाएर लिएर जाऔँ,’ उनले भने। 

तेस्रो प्रतिवद्धताबारे भन्दै उनले सुनाए, ‘सरकार नै प्रभावकारी बनाउनुपर्यो। त्यसका लागि विज्ञहरूसहितको मिटिङ गर्नुपर्यो। विज्ञ टिमको बैठक राख्नका लागि ७ दिनको समय राखौँ। त्यहाँ पनि छलफल गरौँ र प्रभावकारी बनाऔँ।’

यति भनेपछि प्रचण्ड ७ दिनसम्म ढुक्क भएर सुतेको उनले बताए। 

‘७ दिनसम्म ढुक्क भयो बसेका थिए। राति आनन्दले बसेको बेलामा साढे १० बजे अर्को एकजना नेता पुगेछन्, नेकपा एमालेका। ती नेताले भने– अहिले म केपी निवासबाट आउँदैछु,’ उनले भने, ‘यहाँ बाहिरको हल्ला गलत हो। यो बाहिरको हल्ला भोलि बिहान दुईवटै नेता बस्ने र त्यसलाई खण्डन गर्ने। ढुक्क भएपछि प्रचण्डजी आनन्दले सुत्नुभएछ। कुनै चिन्ता नगरिकन। बिहान उठ्दा अघि नै सही भइसकेछ।’

ओलीको विश्वास नगर्नु भनेर आफूले पटक पटक भनेको पनि उनले सुनाए। 

‘मैले प्रचण्डलाई भने– तपाईंले पत्याएर। मैले हाम्रो पार्टी नेताहरूलाई भन्ने गरेको छु, तपाईंहरूले चिन्नुभएको छैन। मैलेदेखि बाहेक कसैले पनि चिन्नुभएको छैन,’ उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .