ad ad

राजनीति


आइतबार बोलाइएको रास्वपा संसदीय दलको बैठक स्थगित

आइतबार बोलाइएको रास्वपा संसदीय दलको बैठक स्थगित

नेपालखबर
असार २२, २०८१ शनिबार १९:२६, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आइतबारका लागि बोलाएको संसदीय दलको बैठक स्थगित गरेको छ।

आइतबार बिहान साढे ९ बजे पार्टी संसदीय दलको कार्यालयमा बस्नेगरी तय भएको बैठक विशेषकारण स्थगित गरिएको कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए। 

बैठकमा पछिल्लो समसामयिक राजनीतिक घटनाक्रम, संसदका काम र अन्य विविध विषयमा छलफल हुने बताइएको थियो।

रास्वपाले नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सत्ता सहकार्यको तयारी भएसँगै सरकारबाट बाहिरिने बताएको छ।

सत्तारुढ दलसमेत रहेको रास्वपाले फेरिएको सत्ता गठबन्धनमा नजाने यसअघि बताइसकेको छ।

प्रधानमन्त्री प्रचण्डले रास्वपाबाट सहभागी मन्त्रीहरू राजीनामा बुझाउन समेत पुगेका थिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .