ad ad

राजनीति


बाढीपहिरो पीडितको उद्धार र राहतमा जुट्न प्रधानमन्त्रीको अपिल

बाढीपहिरो पीडितको उद्धार र राहतमा जुट्न प्रधानमन्त्रीको अपिल

फाइल तस्बिर


नेपालखबर
असार २३, २०८१ आइतबार ८:२८, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अविरल वर्षापछि आएको बाढी पहिरोका कारण देशका विभिन्न भूभागमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन्। 

आइतबार बिहान सामाजिक सञ्जालमार्फत् उनले प्राकृतिक प्रकोपबाट पीडित नागरिकको उद्धार र राहतमा सक्रिय हुन नेपाल सरकारका सम्पूर्ण निकायलाई निर्देशित दिएका छन्। 

यस वर्ष मौसमविद्ले उच्च वर्षा हुने प्रक्षेपण गरेको स्मरण गराउँदै प्रधानमन्त्रीले बाढी पहिरोबाट हुनसक्ने सम्भावित क्षति र जोखिम न्यूनिकरणका लागि सबै तहका सरकारले पूर्व तयारीको काम गरिरहेका पनि उल्लेख गरेका छन्। 

‘यस वर्ष उच्च वर्षा हुने प्रक्षेपण भइरहेकाले बाढी पहिरोबाट हुनसक्ने सम्भावित क्षति र जोखिम न्यूनिकरण गर्न व्यवस्थित सरकारले विपद् व्यवस्थापन तथा जोखिम न्यूनिकरण समितिको बैठक राखेर आवश्यक पूर्वतयारीको काम गरिरहेको छ,’ प्रचण्डले भनेका छन्, ‘यस सन्दर्भमा सम्भावित जोखिमप्रति आवश्यक सुरक्षा सतर्कता अपनाउन सम्पूर्ण नागरिकमा अनुरोध गर्दछु।’

उनले बाढी पहिरोबाट नागरिकलाई जोगाउने सरकारको प्रयासमा सार्थक हातेमालोका निम्ति पनि सम्पूर्ण राजनीतिक दल, नागरिक समाज र सामाजिक संस्थाहरूसँग अपिल गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .