ad ad

राजनीति


प्रधानमन्त्रीले राजीनामा दिएर नयाँ सरकार गठनका लागि सहयोग गर्नुपर्छ : बर्तौला

प्रधानमन्त्रीले राजीनामा दिएर नयाँ सरकार गठनका लागि सहयोग गर्नुपर्छ : बर्तौला

फाइल तस्बिर


नेपालखबर
असार २३, २०८१ आइतबार १३:२३, काठमाडौँ

नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्ताैला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई तत्काल राजीनामा दिन दबाब दिएका छन्।

संसदमा बहुमत गुमाएकाले पदमा बसिरहन अनुचित हुने भन्दै उनले नयाँ सरकार गठनका लागि तत्काल पदबाट राजीनामा दिन प्रधानमन्त्री दाहाललाई पुनः आग्रह गरेका हुन्। 

कांग्रेस र एमालेबीच नयाँ सत्ता समिकरणका लागि सहमती भइसकेको बताउँदै उनले प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै प्रमुख सचेतक बर्तौलाले दुई दलबीचको राष्ट्रिय सहमतीको सरकार बनाउने काममा सहयोग गर्न पनि प्रधानमन्त्री दाहालले अहिलेनै राजीनामा दिनुपर्ने बताए।

‘वर्तमान सरकारले सामान्य होइन बहुमत गुमाएको छ। बहुमत गुमाएको सरकार पदमा रहिरहने कुरा स्वभनीय हुँदैन, त्यो अनुचित हुन्छ। त्यसकारण नेपाली कांग्रेस र एमालेका बीचमा राष्ट्रिय सहमतीको सरकार बनाउने निर्णय भएको छ। राष्ट्रिय सरकार निर्माणको यो अभियानलाई सहयोग गर्न मार्ग प्रशस्तका लागि म सम्माननीय प्रधानमन्त्रीज्यूलाई हार्दिक आग्रह गर्न चाहन्छु,’ उनले भने।

एमाले र कांग्रेस दुवै दलले संस्थागत रुपमा नै तत्काल राजीनामा दिएर नयाँ सरकार गठन प्रक्रियाका लागि मार्ग प्रशस्त गर्न प्रधानमन्त्री प्रचण्डलाई सचेत गराउँदै आएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .