ad ad

राजनीति


कांग्रेस सांसद डिगबहादुरको शेखरलक्षित टिप्पणी : नयाँ सरकार निर्माणमा धोका नहोस्

कांग्रेस सांसद डिगबहादुरको शेखरलक्षित टिप्पणी : नयाँ सरकार निर्माणमा धोका नहोस्

नेपालखबर
असार २३, २०८१ आइतबार १३:५४, काठमाडौँ

नेपाली कांग्रेसका सांसद डिगबहादुर लिम्बुले नयाँ सरकार गठनका लागि खुट्टा कमाउने काम पार्टीका शीर्ष नेताहरूले गर्न नहुने बताएका छन्।

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरेकोप्रति लक्षित गर्दै उनले शीर्ष नेताहरूले खुट्टा नकमाई कांग्रेस–एमालेबीचका समझदारी अनुसार नयाँ सरकार गठनका लागि अघि बढ्न आग्रह गरे। 

आइताबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद लिम्बुले मुलुकमा विद्यमान समस्या समाधानका लागि दुई पार्टीबीच नयाँ सरकार गठन गरेर अघि बढ्ने समझदारी भएको जिकिर गरे। 

‘अहिलेको परिस्थितिमा नेकपा एमाले र नेपाली कांग्रेसले मुलुकको समस्या समाधान गर्ने जुन जमर्को गरेका छन। म आग्रह गर्न चाहन्छु–हाम्रो पार्टीका शीर्ष नेताहरूले पनि खुट्टा नकमाइकन, धोकाधडी नगरीकन स्थिर सरकार दिएर अघि बढ्नसक्ने परिस्थिति निर्माण गर्नुपर्छ भन्ने कुरा आग्रह गर्न चाहन्छु,’ उनले भने।

सांसद लिम्बुले कांग्रेस–एमालेले मुलुकमा राजनीतिक स्थिरता दिन सक्ने भएकाले पनि नयाँ सत्ता समिकरण बनाएर अघि बढने सहमती भएको दाबी गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .