ad ad

राजनीति


चित्रबहादुरको कटाक्ष : कांग्रेस-एमाले सहकार्य भुटानी शरणार्थी र गिरिबन्धुबाट चोखिन

चित्रबहादुरको कटाक्ष : कांग्रेस-एमाले सहकार्य भुटानी शरणार्थी र गिरिबन्धुबाट चोखिन

नेपालखबर
असार २३, २०८१ आइतबार १५:३३, काठमाडौँ

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नक्कली भूटानी शरणार्थी र गिरिबन्धु टीस्टेट प्रकरण ढाकछोप गर्नका लागि कांग्रेस–एमालेबीच सहकार्य भएको भए मान्य नहुने चेतावनी दिएका छन्।

आइतवार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले त्यस्ता काण्डहरुबाट आफूलाई चोख्याउन कांग्रेस एमालेले नयाँ सत्ता समीकरण बनाएको हो भने त्यो नेपाली जनतालाई मान्य नहुने बताएका हुन्।

अध्यक्ष केसीले नयाँ पुराना सबै दलहरु भ्रष्ट छन् भन्नेकुरा नेपाली जनतालाई थाहा भएकाले विगतमा भएका गल्ती सच्याएर अघि बढ्न अब बन्ने सरकारलाई सुझाव दिए।

अध्यक्ष केसीले भने, ‘यदि भ्रष्टाचारलाई छामछुम पार्नका लागि, भूटानी शरणार्थीको काण्डमा र गिरिबन्धु टी स्टेटको काण्डमा दुई वटा ठूला पार्टीको सम्झौता हो भने यो नेपाली जनतालाई मान्य हुन्न। त्यसकारण यहाँ कसैले पनि रोष्टमबाट आफ्नो सफाई दिएपनि नेपाली जनताले भोगी राखेका छन, देखिराखेका छन्। त्यसकारणले को चोखो छ? भ्रष्टाचारबाट कुन पार्टी मुक्त छ? त्यसकारण यसभन्दा पहिलेको जुन गठबन्धन थियो, त्यो गठबन्धन बन्नुको पछाडि के थियो?’

केसीले नेपाली जनताले राजनीतिक पार्टीहरुप्रति घृणा गरिरहेको उल्लेख गर्दै त्यसलाई चिर्ने गरी अब बन्ने सरकारले काम गर्नुपर्ने पनि बताए।

उनले एमालेले सरकारको नेतृत्व गर्ने भन्नेकुराप्रति पनि असन्तुष्टि व्यक्त गरे। संसदको ठूलो दल कांग्रेसले सरकारको नेतृत्व लिनुपर्ने उनको भनाई थियो।

केसीले भने, ‘आफ्नो भ्रष्टाचारालाई लुकाउन, जोगाउनका लागि यो खेल भएको हो भने यो राम्रो कुरा होइन। मैले एक वर्ष पहिले नै भनेको थिए–तपाईहरु संसदीय व्यवस्था मान्नु हुन्छ, सबैभन्दा ठूलो दलले सरकारको  नेतृत्व गर्नुपर्दैनथ्यो? किन यसबेला आएर बल्ल निन्द्रा खुल्यो। त्यो पनि सबभन्दा ठूलाले होइन, माइलो पार्टीले गर्दैछ। यसमा पनि दालमा काला हए।’

उनले थपे, ‘राजनीतिक पार्टीहरुप्रति नेपाली जनताको असाध्यै घृणा छ। नेपाली जनताले हामीलाई त्यसै घृणा गरेका हुन्? किन घृणा गरिराखेका छन् भने राजनीति गर्ने भनेको कमाउने। पैसा जम्मा गर्ने। र, आउँदो चुनावलाई करोडौं रकम जम्मा गर्ने। जोसुकै होस चाहे नयाँ आएकाका कुरा गरौं, चाहे पुरानाका कुरा गरौं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .