ad ad

राजनीति


भ्रष्टाचारविरुद्ध कारबाहीको डरले सरकार फेरबदल हुन लाग्यो : सांसद पराजुली

भ्रष्टाचारविरुद्ध कारबाहीको डरले सरकार फेरबदल हुन लाग्यो : सांसद पराजुली

नेपालखबर
असार २३, २०८१ आइतबार १६:४८, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले भुटानी शरणार्थी प्रकरण र गिरीबन्धु टिस्टेटको फाइल खोल्न लागेपछि सरकार परिवर्तन हुन लागेको बताएका छन्।

आइतबार प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै सांसद पराजुलीले भुटानी शरणार्थी प्रकरणको फाइल र गिरीबन्धु टिस्टेटको फाइल अगाडी बढाउन लागेपछि एमाले र कांग्रेस डराएको बताए। 

‘सबैभन्दा अचम्म र लाजमर्दो विषय त यस्तो विपद् र वर्षाको समयमा जिम्मेवार भनिएका राजनीतिक दलहरु व्यक्तिगत स्वार्थ र भ्रष्टाचार विरुद्धको कारबाहीको डरको कारण सरकार फेरबदल र समीकरणमा लागेका छन्। विगत ३३÷३४ वर्षदेखि गरिब र निर्दोष जनतालाई निरन्तर शोषण र लेकका खरी जुकाले रगत चुसे जस्तोगरी निमुखा जनतालाई चुसिरहेका राजनीतिक दलहरु यस्तो विपद्को समयमा एक ठाउँमा उभिएर जनतालाई राज्य भएको महशुस दिनु त कता हो कता विभिन्न स्वार्थ पूरा गर्न र निमुखा जनतालाई बाढीमा मर्न छोडिदिएर सरकार परिवर्तनमा लागेका छन्,’ उनले भने।

एमाले र कांग्रेसलाई आफूहरू बँचिदैन भन्ने लागेपछि सत्ता परिवर्तन हुन लागेको उनको भनाइ छ। उनले नयाँ सत्ता समीकरण बनाउनुमा आफू र आफ्नाहरूलाई भ्रष्टाचारविरुद्धको कारबाहीबाट बचाउनु बाहेक अरु कुनै स्वार्थ नभएको बताए।

‘अनि त्यो परिवर्तन केवल आफु र आफ्नाहरुलाई भ्रष्टाचारविरुद्धको कारबाहीबाट बचाउन बाहेक अरु कुनै स्वार्थ छैन। नेताज्यूहरु भाषण त गज्जब गर्नुहुन्छ, प्रतिपक्षमा रहँदा गिरिबन्धुका फाइल खोलियोस् भन्नुहुन्छ। ०४७ यताका भ्रष्टाचारका सबै फाइल खोल्नुपर्छ भनेर प्रश्ताव संसदमा दर्ता पनि गराउनुहुन्छ,’ उनले भने, ‘छलफल चलाऔँ भनेको छु तर कहिले अगाडी बढेन। गिरीबन्धुको फाइल खोलौँ भन्नेहरू र भूटानी शरणार्थी प्रकरणको कारबाही अगाडी बढाउने बित्तिकै अब हामी कोही बच्दैन रहेछौँ है, गृहमन्त्रालय एक्शनमा उत्रेको रहेछ अब बँचिदैन भन्ने डरले निकै कडा रुपमा डेरा जमाएको महशुस भएको छ।’ 

उनले प्रतिपक्षमा हुँदा ०४७ सालपछिका भ्रष्टाचारका सबै फाइलहरु खोल्नका लागि प्रस्ताव दर्ता गरेपनि कारबाही अगाडी बढाएपछि डराएर सरकार परिवर्तनकै खेलमा लागेका बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .