ad ad

राजनीति


२८ गतेसम्म परिस्थिति फेरिन्छ, प्रचण्डकै निरन्तरताको सम्भावना देखेका छौँ : सांसद दाहाल

२८ गतेसम्म परिस्थिति फेरिन्छ, प्रचण्डकै निरन्तरताको सम्भावना देखेका छौँ : सांसद दाहाल

नेपालखबर
असार २३, २०८१ आइतबार १७:३३, काठमाडौँ

नेकपा(माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाउने सम्भावना रहेको दाबी गरेका छन्।

आइतबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद दाहालले प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने दिनसम्म परिस्थितिमा फेरबदल आउने दाबी गरेका हुन्। 

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाएर वर्तमान सरकारकै निरन्तरता रहने सम्भावना रहेको उनको भनाइ थियो। 

‘मलाई विश्वास छ २८ गतेसम्म थोरै परिस्थिति फेरबदल आउँछ, र प्रधानमन्त्रीकै निरन्तरतामा अगाडी बढ्न सकिन्छ भन्ने सम्भावना पनि देखिरहेका छौँ। भलै त्यो हुन सकेन भनेपनि नेकपा(माओवादी केन्द्र) को तर्फबाट हामीले प्रभावकारी, बलशाली, रचनात्मक र सिर्जनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्छौँ,’ उनले भने, ‘मुख्यतः संविधानको रक्षा गर्ने, संविधानको सफल कार्यान्वयन गर्ने र नेपाली जनताका समृद्धिका आकांक्षाको प्रतिनिधित्व गर्ने उद्देश्यमा चाहे सत्तापक्ष होस् चाहे प्रतिपक्ष होस्। जुनसुकै भूमिकामा रहेर पनि राष्ट्र र जनताको हितलाई केन्द्रमा राखेर माओवादी केन्द्र निरन्तर अगाडी बढ्छ।’ 

उनले माओवादी केन्द्रले जनताप्रति जवाफदेही र उत्तरदायी भएर आफ्नो संसदीय भूमिका निर्वाह गर्ने पनि बताए। 

‘जनताप्रति समर्पित भएर, जनताप्रति जवाफदेही र उत्तरदायी भएर आफ्नो संसदीय भूमिका निर्वाह गर्ने प्रक्रियामा माओवादी पार्टीले कुनै कमजोरी राख्दैन,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .