ad ad

राजनीति


विपद् व्यवस्थापनमा सरकार गम्भीर बनेन : कांग्रेस सांसद गौतम

विपद् व्यवस्थापनमा सरकार गम्भीर बनेन : कांग्रेस सांसद गौतम

नेपालखबर
असार २४, २०८१ सोमबार १२:२७, काठमाडौँ

नेपाली कांग्रेस सांसद प्रतिमा गौतमले विपद् व्यवस्थापनमा सरकार गम्भीर हुनुपर्ने बताएकी छिन्।

सोमबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले राज्य गम्भीर नहुँदा नागरिकले दुःख पाएको बताइन्। विपद्का कारण ठूलो जनधनको क्षति भएको बताउँदै उनले गत सालका पीडितलाई राहत दिन नसक्दे यस वर्ष नागरिकले सोही कुराको दुःख व्यहोर्नुपरेको बताइन्। 

राज्य विपद्का लागि जहिले पनि तयारीका साथ बस्नुपर्ने उनको भनाइ थियो। 

विपद्का कारण भएको क्षतिबारे संसदलाई जानकारी गराउन सरकारको ध्यानाकर्षण समेत उनले गराइन्।

‘विपद्का कारण ठूलो जनधनको क्षति भएको छ। यो विपद् व्यवस्थापन गर्न सरकारले के गरिरहेको छ? यो सदनलाई जानकारी गराउन म माग गर्न चाहन्छु। नेपालमा कुनैपनि समय विपद् आउनसक्ने सम्भावना रहेको मुलुक भएकाले नेपालको परिप्रेक्ष्यमा कहाँ यदी भन्ने भन्दा पनि कहिले आउँछ भन्नेकुरा प्रश्न गर्नुपर्छ,’ उनले भनिन्, ‘यो उच्च जोखिम रहेको क्षेत्र हो। बाढी पहिरोका बारेमा सांसदज्युहरूले उठाउनुभएका कुरा मनन गरेर सरकार अघि बढ्नुपर्छ। प्रत्येक वर्ष आउने वर्षालाई राज्यले महशुस नगरी काम गर्दा जनताले विपद्को सामना गर्नुपरेको छ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .