ad ad

राजनीति


संक्रमणकालीन न्याय पीडितमैत्री बन्नुपर्छ : अध्यक्ष मगर

संक्रमणकालीन न्याय पीडितमैत्री बन्नुपर्छ : अध्यक्ष मगर

फाइल फोटो


नेपालखबर
असार २४, २०८१ सोमबार १४:४६, काठमाडौँ

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले संक्रमणकालीन न्याय पीडितमैत्री हुनुपर्ने बताएका छन्।

सोमवार ललितपुरमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन्। उनले संक्रमणकालीन न्याय टुंग्याउँदा पीडितमैत्री हुनुपर्ने, बालसैन्य, यानजन्य हिंसाहरुलाई सँगै टुंग्याउने गरी नीति बनाउनुपर्ने बताए।

उनले पीडकले सजाय पाउने र पीडितले न्याय पाउने गरी संक्रमणकालीन न्याय टुंग्याउन जरुरी रहेको बताए। संक्रमणकालीन न्याय टुंगोमा पुर्याउन सबै पक्ष क्रियाशील भइ काम गर्न जरुरी रहेको बताए।

उनले सरकार, पीडित पक्ष, द्वन्द्वमा लागेका माओवादी पक्ष पनि सक्रिय भइ काम गरेमात्रै संक्रमणकालीन न्याय टुंगो लगाउन सकिने बताए। अध्यक्ष मगरले सरकारलाई आयोगले गरेको सिफारिस कार्यान्वयन गर्न आग्रह गरे।

उनले भने, ‘संक्रमणकालीन न्याय टुंगोमा पुर्याउन सरकार क्रियाशील हुनुपर्छ, पीडित पक्ष हुनुपर्छ, द्वन्द्वमा लागेका माओवादी पक्ष पनि सक्रिय हुनुपर्छ। सबैको संयुक्त सहयोग नभइकन टुंगोमा पुग्न सक्दैन। सबैको संयुक्त सहयोग चाहिन्छ।’

सो अवसरमा आयोगले सङ्क्रमणकालीन न्यायका सम्बन्धमा हालसम्म गरेका प्रयास र सार्वजनिक गरेका धारणाहरु समेटेको राष्ट्रिय मानव अधिकार आयोग र सङ्क्रमणकालीन न्याय सम्बन्धी प्रतिवेदन सार्वजनिक समेत गरेको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .