जनमत पार्टीले अनुशासन उल्लंघन गरेको भन्दै पार्टीका राष्ट्रिय सचिव वीपी साहसहित ७ जना नेता, कार्यकर्तालाई कारबाही गरेको छ।
बुधबार विज्ञप्ति जारी गर्दै जनमत पार्टीको केन्द्रीय अनुशासन समितिले उनीहरुलाई ३ महिनाका लागि निलम्बन गरिएको जनाइएको छ।
निलम्बनमा पर्नेहरूमा राष्ट्रिय सचिव साह, केन्द्रीय सदस्य रामेश्वर यादव, सिरहाको मिर्चैया नगरसचिव कृष्णचन्द्र साह, विद्यार्थी जनमत संघका पूर्व जिल्लाअध्यक्ष अरविन्द सहनी, साधारण सदस्य धीरज कामती, अनिताकुमारी यादव र दीपनारायण यादव रहेका छन्।
402
Shares
प्रतिक्रिया