राष्ट्रिय प्रजातन्त्र पार्टीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्ने वा नगर्नेबारे बिहीबार (असार २७ गते) निर्णय लिने भएको छ।
सो विषयमा भोलि दिउँसो २ बजे राप्रपा संसदीय दलको बैठक बस्दै छ।
बैठकमा सरकारलाई समर्थन दिन वा नदिने विषयमा छलफल हुने राप्रपाका सहप्रवक्ता सांसद ज्ञानेन्द्र बहादुर शाहीले जानकारी दिए।
प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार (असार २८ गते) संसदमा विश्वासको मत लिँदैछन्।
संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले) बीच गठबन्धन बनेर एमाले सरकारबाट बाहिरिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिन लागेका हुन्।
राप्रपाले एमाले–कांग्रेस गठबन्धनबीच संविधान संशोधन गर्ने सहमतिलाई स्वागत गरेको छ।
252
Shares
प्रतिक्रिया