प्रधानमन्त्री पुष्पकमल दाहालले संसद बचाउन नेपाली कांग्रेसलाई आग्रह गरेका छन्।
प्रतिनिधि सभाको शुक्रवारको बैठकलाई सम्बोधन गर्दै उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै संविधान नकुल्चेसम्म बहादुर भइँदैन भन्ने मान्यता बोकेकाहरुले संसद नै निल्ने प्रयास गर्ने बताए।
कांग्रेसलाई संविधान मिच्नेतिर नलाग्न आग्रह गर्दै उनले नयाँ सरकार पनि संविधान नमिची बनाउने बताए।
‘म कांग्रेस–एमालेका साथीहरूलाई पनि सहकार्यको बधाइसहित केही भन्न चाहन्छु। तपाईंहरू संविधान मिच्नतिर नलाग्नुहोला। नयाँ सरकार पनि संविधान नमिची बनाउनुहोला। कांग्रेसका साथीहरूलाई बेग्लै मेरो अनुरोध छ, कृपया संसद चाहिँ बचाउनुहोला,’ उनले भने, ‘संविधान नकुल्चेसम्म बहादुर भइँदैन भन्ने मान्यता बोकेका साथीहरूले संसद नै निल्ने प्रयास गर्न सक्छन्। हिजो हामी मिलेर जोगाएका हौँ। अब पनि जोगाउनुहोला र आफू पनि जोगिनुहोला।’
प्रधानमन्त्री दाहालले विगतमा संसद कांग्रेस र नकेपा (माओवादी केन्द्र) मिलेर जोगाएको भन्दै अब पनि जोगाउन आग्रह गरे।
Shares
प्रतिक्रिया