ad ad

राजनीति


प्रचण्डलाई कांग्रेसको जवाफ–एमालेसँग मिल्दा आत्तिनुपर्दैन, संविधान जोगाउने उपदेश आवश्यक छैन

प्रचण्डलाई कांग्रेसको जवाफ–एमालेसँग मिल्दा आत्तिनुपर्दैन, संविधान जोगाउने उपदेश आवश्यक छैन

नेपालखबर
असार २८, २०८१ शुक्रबार १४:२, काठमाडौँ

नेपाली कांग्रेसले आफ्नो पार्टीले नेपालको संविधानको रक्षा गर्ने भन्दै कसैको अर्ती उपदेश आवश्यक नभएको बताएको छ। 

पार्टीको तर्फबाबट शुक्रबार प्रतिनिधिसभामा बोल्दै प्रमुख समेतक समेत रहेका सांसद रमेश लेखकले कांग्रेस पार्टी जन्म भएकै बेलादेखि लोकतन्त्रका लागि लडेको पार्टी रहेको जिकिर गरे। 

‘नेपाली कांग्रेस जन्मिएदेखि लोकतन्त्रको लागि लडेको पार्टी हो। त्यसकारण यो लोकतान्त्रिक संविधानलाई कमजोर पार्ने कुरामा कांग्रेसमाथि काल्पनिक आक्षेप लगाउने कुरामा बन्द गरिनुपर्छ। यो संविधान हामीले ल्याएको हो, संविधानको रक्षा हामी गछौँ। हामीलाई कुनै अर्ति उपदेश आवश्यक छैन,’ उनले भने। 

साथै, उनले दुईवटा ठूला पार्टी मिल्दा कोही आत्तिनुपर्ने अवस्था नरहेको जिकिर गरे। 

‘दुईवटा पार्टी मिल्नेबित्तिकै तर्सिनुपर्ने, आत्तिनुपर्ने छैन। नयाँ घटना भयो भन्ने पनि होइन। इतिहासमा यसरी ठूला पार्टी मिलेका छन्। हामी यसरी मिल्दैगर्दा नयाँ इतिहास निर्माण गरेका छौँ,’ उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .