नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले देश जहिलेपनि प्रयोगशाला भइरहेको भन्दै मुलुकलाई महत्त्वपूर्ण अभ्यासतिर लैजान लागेको बताएका छन्।
शुक्रबार प्रतिनिधिसभामा बोल्दै सांसद भट्टराईले भने, ‘यो देश जहिले पनि प्रयोगशाला भइरहेको छ। कहिले कसलाई कहिले कसलाई जनता एकदमै थाकेका छन्। डिफेन्सिभ भएका छन्। एउटा डिफेन्सिभ, थाकेका जनताले राष्ट्रको विकास गर्न सक्दैन। जनताको सपना जागृत गराउनु छ।’
साथै, उनले माओवादीले लगानीभन्दा बढी नाफा खोजेको पनि बताए।
‘कतै माओवादीले लगानीभन्दा बढी डिभिडेन्ट खोजेको हो कि? नाफा खोजेको हो कि?,’ योगेशले भने।
यसैबीच देशलाई महत्त्वपूर्ण अभ्यासतिर लैजानका लागि यो कदम उठाइएको बताए।
‘अब एउटा दीर्घकालिन र महत्त्वपूर्ण अभ्यासतिर मुलुकलाई लैजाऔँ,’ भट्टराईले भने।
39
Shares
प्रतिक्रिया