ad ad

राजनीति


गीतबाटै प्रचण्डलाई योगेशको जवाफ– झिक तुलो, जोखौँ आज कसको माया कति...

गीतबाटै प्रचण्डलाई योगेशको जवाफ– झिक तुलो, जोखौँ आज कसको माया कति...

नेपालखबर
असार २८, २०८१ शुक्रबार १४:५६, काठमाडौँ

नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई गीतमार्फत जवाफ फर्काएका छन्। 

राजीनामा बुझाउन गत असार १९ गते बालुवाटार पुगेका आफ्ना मन्त्रीहरूलाई गीत गाएर ‘कसैलाई माया गर्नु भुल गरेँ मैले’ भन्ने फत्तेमान राजभण्डारीको गीत गाएको स्मरण गर्दै उनले गीतमार्फत नै जवाफ फर्काएका हुन्। 

योगेशले गायक उदितनारायण झाको ‘कसले देला तिम्लाई माया मैले दिए जति..’ बोलको गीत गाएर सुनाए। 

‘कसैलाई माया गर्नु भुल गरेँ मैले भन्नुभएछ हाम्रा मन्त्रीहरूलाई। म गीतमार्फत नै भन्न चाहन्छु– कसले देला तिम्लाई माया मैले दिएजति, झिक तुलो जोखौँ माया कसको माया कति?,,’ योगेशले भने। 

उनले अघि भनेका छन्, ‘पर्याप्तै माया दिएको हो नि त। त्यसकारण प्रधानमन्त्रीजीले यो कुरालाई संयमताका साथ बुझ्नुहुनेछ भन्ने भन्न चाहन्छु।’

नेकपा एमालेका सांसद योगेश भट्टराईले प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उथलपुथलले केही हुन नसक्ने पनि जिकिर गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .