उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले आफूलाई ठग प्रमाणित गरेर जेल हाल्न चुनौती दिएका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै लामिछानेले जेल जाने सुरुवात पनि आफैँबाट गर्न आग्रह गरेका छन्।
‘अब त मलाई ठग प्रमाणित गर्न तपाईंहरूलाई कुनै आपत पनि पर्दैन होला। गर्नुस् ठग प्रमाणित। यो देशमा कोही न कोही त जेल जानैपर्छ। सुरुवात म बाट गर्नुस् म तयार छु,’ लामिछानेले भने, ‘तर सत्यबाट विमुख हुनेवाला छैन। कोही न कोही त जेल जानैपर्छ। सुरुवात मबाटै गर्नुस्।’
उनले अहिलेको व्यवस्था जोगाउन ज्यान दिन तयार भएको पनि बताए।
‘मैले औपचारिक उद्घाटन गरेँ नेपालगञ्जमा एउटा जेल। भ्रष्टलाई जेल हाल्छु। सुशासनको एजेण्डा लिएर। यो व्यवस्था जोगाउनको निम्ति ज्यान दिन तयार छौँ यसलाई तलमाथि पार्न दिँदैनौँ,’ उनले भने।
108
Shares
प्रतिक्रिया