पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार ढलेसँगै नयाँ सरकार गठनको बाटो खुलेको छ। जसका लागि राष्ट्रपति रामचन्द्र पौडेलले कानुनी परामर्श थालेका छन्।
कानुनी परामर्शका लागि पौडेलले कानुनविद्हरूलाई शीतलनिवास बोलाएका हुन्। उनले संविधानविद् भीमार्जुन आचार्य, विपिन अधिकारी लगायतका कानुनविद्हरूलाई शीतलनिवास बोलाएका थिए। वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले आफूलाई पनि ४ बजे शीतलनिवास बोलाएको तर जान नभ्याएको बताए।
प्रधानमन्त्री प्रचण्ड पनि आफू पदमुक्त भएपछि शुक्रबारको संसद्बारे जानकारी गराउन अहिले राष्ट्रपति कार्यालय पुगेका छन्।
राष्ट्रपति कार्यालय स्रोतका अनुसार, संसद् सचिवालयबाट पत्र आउनेबित्तिकै नयाँ सरकार गठन गर्नका लागि विज्ञप्ति जारी गर्ने तयारी छ।
1.2k
Shares
प्रतिक्रिया