ad ad

राजनीति


आइतबार प्रधानमन्त्री नियुक्त हुँदै ओली, सोमबार शपथको तयारी

आइतबार प्रधानमन्त्री नियुक्त हुँदै ओली, सोमबार शपथको तयारी

नेपालखबर
असार २९, २०८१ शनिबार २२:१७, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आइतबार (असार ३०) प्रधानमन्त्री नियुक्त हुँदैछन्। नेपाली कांग्रेससहितको समर्थनमा नयाँ सरकार गठनको दाबी पेस गरेका ओलीलाई राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार नियुक्त गर्ने तयारी गरेका छन्। 

संविधानको धारा ७६ (२) नेपाली कांग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवाको समर्थन लिएर शुक्रबार साँझ ओलीले नयाँ सरकार गठनको दाबी पेस गरेका थिए। 

राष्ट्रपतिले आइतबार साँझ ५ बजेसम्मका लागि समयसीमा दिएर सरकार गठनको आह्वान गरेका छन्। 

आइतबार ओलीलाई प्रधानमन्त्री नियुक्त गरेर सोमबार बिहान ११ बजे आसपासको समयमा शपथ ग्रहण कार्यक्रम राख्ने तयारी राष्ट्रपति कार्यालयको छ। 

नियुक्त गरेर आइतबार नै शपथ ग्रहणका लागि निम्तो दिन नभ्याउने भएपछि सोमबारका लागि राष्ट्रपति कार्यालयले शपथको तयारी गरेको हो।

ओलीले भने आफू नियुक्त हुनेबित्तिकै कांग्रेस र एमालेका भागमा परेका सबै मन्त्रीलााई सोमबार नै शपथ ग्रहण गराउनेगरी तयारी थालेका छन्। 

यी दुवै दलले मन्त्रालय र मन्त्रीको संख्या टुंग्याउन तिव्र छलफल गरिरहेका छन्। शनिबार दिउँसो देउवाले पार्टी कार्यसम्पादन समितिको बैठक नै राखेर मन्त्रीहरूको बारेमा छलफल गरेका थिए।

ओली पहिलोपटक २०७२ साल असोज २५ गते प्रधानमन्त्री बनेका थिए। उनले २०७३ साल साउन १९ गतेसम्म प्रधानमन्त्रीको पहिलो कार्यकाल चलाए।

यसअघि विसं २०७४ फागुन ३ गते ओली दोस्रोपटक प्रधानमन्त्री नियुक्त भएका थिए। उनले २०७८ साल वैशाख ३० गतेसम्म दोस्रो कार्यकाल चलाए।

सोही दिन पुनः उनलाई तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गरेकी थिइन्। त्यसपछि उनी २०७८ साल असार २९ गतेसम्म पदमा रहे।

गत असार १७ गते मध्यराति नेपाली कांग्रेससँग गरेको समझदारी अनुसार आलोपालो सरकार चलाउने समझदारी भएको नेताहरूले बताएका छन्। 

सुरुको कार्यकाल ओली प्रधानमन्त्री बन्ने र त्यसपछि देउवा प्रधानमन्त्री बन्नेगरी सहमति भएको दुवै दलका नेताहरूले बताएका छन्। 

यद्यपि, समझदारीपत्र भने सार्वजनिक गरिएको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .