ad ad

राजनीति


कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

नेपालखबर
असार २९, २०८१ शनिबार १२:०, काठमाडौँ

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने भएको छ। 

बैठक शनिबार दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थितिका लागि निर्देशन दिइएको छ।

बैठकमा समसामयिक राजनीतिक परिस्थितिका बारेमा छलफल हुनेछ। नेपाली कांग्रेसले नेकपा एमालेसँग नयाँ सत्ता सहयात्रको सहमति गरेको छ।

प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा एमालेको सहमतिपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार विस्थापित भएको छ।

राष्ट्रपतिले आइतबार साँझ ५ बजेसम्मको समय दिएर नयाँ सरकार गठनको आह्वान गरेका छन्। दुवै दलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनाउन राष्ट्रपतिसमक्ष हस्ताक्षर बुझाएका छन्। 

दुई दल मिल्दा सहज बहुमत पुगेकाले आइतबार नै ओली प्रधानमन्त्री नियुक्त हुने निश्चित जस्तै छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .