नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज (सोमबार) पद तथा गोपनीयताको शपथ लिँदै छन्।
एमाले अध्यक्ष ओलीलाई राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार साँझ मुलुकको ४५ औँ प्रधानमन्त्री नियुक्त गरेका हुन्।
सोमबार बिहान ११ बजे राष्ट्रपति पौडेलले ओलीलाई शपथ गराउने कार्यक्रम रहेको शीतलनिवास स्रोतले जनाएको छ।
७३ वर्षीय ओली संसदको सबैभन्दा ठूलो दल कांग्रेसको समर्थनमा संविधानको धारा ७६ (२) बमोजिम चौथोपटक मुलुकको कार्यकारी प्रमुख बनेका हुन्।
ओली पहिलोपटक २०७२ असोज २४ गते प्रधानमन्त्री भएका थिए भने २०७४ फागुन ३ गते दोस्रोपटक प्रधानमन्त्री बनेका थिए।
०७५ वैशाख ३० गते तेस्रोपटक प्रधानमन्त्री बनेका ओली त्यतिबेला भने दुई महिना मात्र सत्तामा रहेका थिए।
96
Shares
प्रतिक्रिया