राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको नयाँ सरकारलाई सफलताको शुभकामना दिएका छन्।
यस क्रममा लामिछानेले आफूहरू भ्रष्टाचार र विचलनविरुद्ध कडा रूपमा प्रस्तुत हुने तर सुशासन र समृद्धिका विषयमा सहकार्य गर्ने उल्लेख गरेका छन्।
‘नवनियुक्त प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यूसहित सम्पूर्ण मन्त्रिमण्डललाई सफल कार्यकालको शुभकामना’, लामिछानेले सोमबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘हामी भ्रष्टाचार र विचलनका मुद्दामा निर्मम ढंगले प्रस्तुत हुनेछौँ भने सुशासन र समुन्नतिका विषयमा सहकार्य गर्न तयार रहनेछौँ।’
234
Shares
प्रतिक्रिया