ad ad

राजनीति


देश प्रशंसा गर्न लायक छ, अवस्था खराब छ : प्रधानमन्त्री ओली

देश प्रशंसा गर्न लायक छ, अवस्था खराब छ : प्रधानमन्त्री ओली

नेपालखबर
साउन ३, २०८१ बिहिबार १४:२४, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले देशको अहिलेको अवस्था बदल्नुपर्ने बताएका छन्।

बिहीबार ६२ औँ इन्जिनियर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। उनले देशको अवस्था अहिले राम्रो नभएको पनि बताए।

देश प्रशंसा गर्नलायक भए पनि देशको अवस्था भने प्रशंसालायक नभएको बताए।

देशको भविष्य उज्ज्वल रहेको भए पनि अहिलेको अवस्था भने सन्तोष मान्न र खुसी हुन सकिने नरहेको उनको भनाइ थियो।

‘देश समस्यामा छ। शरीरमा सन्चो छैन, बिरामी छु भनेपछि यो हातचाहिँ ठिकै छ भन्ने कुरा हुन्छ र? ज्वरोचाहिँ आएको छ तर हातचाहिँ ठिकै छ भन्ने कुरा हुन्छ र? ज्वरो आएपछि त सबैतिर ज्वरो आउँछ नि’ उनले भने, ‘त्यसकारण देशको अवस्था राम्रो छैन। प्रशंसा गर्नलायक छैन। देश प्रशंसा गर्नलायक छ। देशको इतिहास प्रशंसा गर्नलायक छ। गौरवपूर्ण इतिहास छ। प्रशंसा गर्नलायक छ। भविष्य उज्ज्वल छ। त्यसमा कुनै सन्देह छैन। तर आज सन्तोष मान्न, खुसी हुन सकिने अवस्था छैन। हामीले यस अवस्थालाई बदल्नैपर्नेछ।’

उनले इन्जिनियरहरुले उच्च आत्मबल, उच्च मनोबलका र उच्च नैतिक बलका साथ देशको सेवा गरिरहेका बताए। इन्जिनियरहरूको समस्यालाई समाधान गर्न सरकार सकारात्मक रहेको उनको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .