ad ad

राजनीति


संघीय संसद भवन निर्माण कार्य सन्तोषजनक छैन : सभामुख घिमिरे

संघीय संसद भवन निर्माण कार्य सन्तोषजनक छैन : सभामुख घिमिरे

नेपालखबर
साउन ४, २०८१ शुक्रबार १४:३७, काठमाडौँ

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संघीय संसद भवन निर्माण कार्यमा ढिलासुस्ती भएकोमा असन्तुष्टि व्यक्त गरेका छन्।

शुक्रबार सिंहदरबारमा उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह र सम्बन्धित निकायसँगको छलफलमा उनले सो भवनको निर्माणका कार्य आगामी मंसिरभित्र सम्पन्न गर्ने लक्ष्य लिएपछि सो अनुसारको काम नभएको भन्दै आपत्ति जनाए। 

‘मुख्य कुरा चाँही कामको प्रगति सन्तोषजनक छैन। यसलाई टाईमभित्र सक्ने कुरामा चाँही मंसिरभित्र सक्ने गरी कागज गरेको भन्नुभयो। मंसिर आउनु भनेको त आज साउन ४ गते हामी कुरा गर्दैछौं। मंसिरसम्म त्यो सम्भव नै छैन नि। यही स्पिडले त सम्भव नै छैन। २ सिफ्टमा काम गर्ने भन्ने पनि गफमा नै सीमित भयो। म नै यहाँ आएको झण्डै २ वर्ष भयो। एक सिफ्टका लागि पनि चाहिने म्यानपावरहरु प्रयोग भएको देखिँदैन।’

भवनको निर्माण कार्य छिटो र गुणस्तरीय ढंगले सम्पन्न गर्न पनि मातहतका निकायलाई सचेत गराउँदै सभामुख घिमिरेले अत्याधुनिक प्रविधिको प्रयोग गर्ने कुरामा भने कुनै कन्जुस्याई नगर्न पनि आग्रह गरे।

‘लेटेष्ट टेक्नोलोजी जे हो, त्यो कुरालाई प्रयोग गर्ने कुरामा हामीले कन्जुस्याई गर्नुहुन्न। किनभने बारम्बार बनाइरहने कुरा होइन। नयाँ भवन बनाइँदैछ। खासगरी यो टेक्निकल कुराहरुमा साउण्ड सिस्टमदेखि लिएर सबैमा लेटेष्ट टेक्नोलोजी प्रयोग गर्नुपर्छ। त्यो गर्दा हामीले हिजो ठेक्कागर्दा पुरानो टेक्नोलोजी के थियो,’ उनले अघि भने, ‘अब यो ५÷७ वर्षको बीचमा धेरै प्रगति भएर आएको छ। त्यो प्रगतिलाई यसमा मिसाएर, त्यसलाई एडप्ट गर्नेगरी जाने हो। यसका लागि केही अफ्ठ्याराहरू भए त्यसलाई फुकाएर भएपनि हामीले नयाँ भवनमा जाँदा अहिले आएको लेटेस्ट टेक्नोलोजी प्रयोग गरौं भन्ने मेरो नम्बर वान कुरा यो हो।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .