ad ad

राजनीति


प्रचण्ड, माधव र रविको निष्कर्ष– सरकार बन्दा संविधान मिचियो, प्रतिवाद गर्छौं

प्रचण्ड, माधव र रविको निष्कर्ष– सरकार बन्दा संविधान मिचियो, प्रतिवाद गर्छौं

नेपालखबर
साउन ४, २०८१ शुक्रबार १७:४१, काठमाडौँ

नयाँ सरकार गठन गर्दा नेपाली कांग्रेस र नेकपा एमालेले नयाँ सरकार गठन हुँदा संविधान मिचिएको विपक्षी दलहरूले निष्कर्ष निकालेका छन्। 

नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा एकीकृत समाजवादीबीच भएको छलफलले उक्त निष्कर्ष निकालेको नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले जानकारी दिए। 

संविधानको कमजोर जगमा उभिएर नयाँ सरकार गठन भएको उनले बताए। 

‘प्रधानमन्त्रीले विश्वासको मत नपाएपछि ७६ (३) अनुसार नयाँ सरकार गठन हुनुपर्ने हो। उपधारा २ अनुसार नै बनाएर संविधान मिचिएको छ,’ पुनले भने, ‘यो कुरा सदनमा पनि उठाउने र सरोकारवालाहरूसँग पनि सशक्त रुपमा लैजाने कुरा भएको छ।’

जनताको आवाज र प्रतिनिधित्व गर्ने कुरा हुने भन्दै उनले कुनै पनि दल सानो वा ठूलो नहुने बताए। 

‘उहाँहरू जसरी आत्तिएर पश्चगमनतर्फ जाने सोच्नुभएको छ। त्यसलाई जनताले स्वीकार्दैन,’ पुनले भने। 

अन्य मुलुकहरूमा पनि १० प्रतिशतमात्रै मत भएका दलहरूले संसद्मा सशक्त आवाज उठाउने गरेको भन्दै आफूहरू पनि बलियो प्रतिपक्ष बन्ने बताए। 

‘हाम्रो आफ्नो विचार र राजनीति छ। हाम्रो आवाज संसद्मा सशक्त रुपमा उठाउँछौँ। शक्ति पनि छ। १० प्रतिशत नै नपुगेका पार्टीहरूले पनि विदेशमा लोकतन्त्रको रक्षा गरेका छन्, हामी पनि सशक्त प्रतिपक्षी बन्छौँ,’ उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .