नेपाली कांग्रेसको संसदीय दलको बैठक जारी छ। संघीय संसद् भवन नयाँ बानेश्वरमा बैठक केहीबेरदेखि बसिरहेको हो।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत, देशभर बाढीपहिराका कारण भएको क्षति तथा पीडितलाई सहयोग एवं सामसामयिक विषयमा छलफल हुने बताइएको छ।
प्रधानमन्त्री ओलीले आज संसद्बाट विश्वासको मत लिँदैछन्।
कांग्रेस आफू पनि ओली नेतृत्वको सरकारमा सहभागी भएका कारणले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने निर्णय गर्दैछ।
39
Shares
प्रतिक्रिया