राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले उपसभामुख इन्दिरा रानालाई नहेप्न चेतावनी दिएकी छिन्।
आइतबार प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले उपसभामुख रानामाथि छानबिन हुनुपर्ने बताएका थिए।
लगत्तै रास्वपा सांसद श्रेष्ठले मानव तस्करीजस्तो गम्भीर आरोप लगाएर हेप्न खोजिएको बताइन्।
‘यदि हामीले आचरणको कुरा गर्ने हो भने सबैको गरौँ। मानव तस्करीजस्तो आरोप मज्जासँग डिक्लियर गर्नुभयो, डिक्लियर गर्नुस् न त भुटानी शरणार्थी कसले गरेको हो भनेर? आँट छ? एउटा महिला, जसले असजिलो समय कटाएर यहाँ आउनुभएको छ। उहाँलाई हेप्न नखोज्नुहोला,’ उनले भनिन्।
360
Shares
प्रतिक्रिया