ad ad

राजनीति


आफू बोलेर हिँडेपछि सदनमा ओली आलोचित, नेपाल भन्छन्- सबैका कुरा सुन्न सक्नुपर्थ्यो

आफू बोलेर हिँडेपछि सदनमा ओली आलोचित, नेपाल भन्छन्- सबैका कुरा सुन्न सक्नुपर्थ्यो

नेपालखबर
साउन ६, २०८१ आइतबार १६:९, काठमाडौँ

प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओली आफू बोलेर हिँडेपछि अन्य नेताहरूले आलोचना गरेका छन्।

आफैँले माग गरेको विश्वासको मतउपर सदनमा छलफल चलिरहँदा प्रधानमन्त्री ओली प्रतिनिधि बैठकमा अनुपस्थित भएका हुन्। 

आफैँले राखेको प्रस्तावउपर छलफल चलिरहँदा ओली अनुपस्थित भएकोमा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले आपत्ति जनाएका छन्। 

‘यति बेला संसदमा उहाँको पूरा उपस्थितिको आवश्यकता थियो, सबैका धारणा सुन्न आवश्यक थियो,’ अध्यक्ष नेपालले भने, ‘उहाँले सबैका कुरा सुन्न सक्नुपर्थ्यो। तर, उहाँले त्यो गर्न सक्नुभएन।’

प्रधानमन्त्री ओली अध्यक्ष नेपालको सम्बोधनका बेला मात्र होइन, निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले विश्वासको मत लिने दिन पनि एकीकृत समाजवादीका प्रतिनिधिले बोल्ने बेला अनुपस्थित भएका थिए। 

२८ असारमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन राखेको प्रस्ताव उपर एकीकृत समाजवादीका उपमहासचिव समेत रहेका सांसद मेटमणि चौधरीले भाग लिएका थिए। अन्य बक्ताहरूले सम्बोधन गरेका बेला उपस्थित रहे पनि चौधरी बोल्ने बेला ओली अनुपस्थित थिए। 

स्मरणीय छ, एकीकृत समाजवादी ओली नेतृत्वको एमालेबाट विभाजित भएको हो।  

रास्वपा सभापति रवि लामिछाने बोल्दासम्म ओली बैठकमै देखिएका थिए।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बोल्दा सदनमा ओलीलाई नदेखेपछि प्रश्न उठाएका थिए। उनले ओली पनि सदनमा भएको भए राम्रो हुने थियो भनी लाक्षणिकरूपमा कुरा उठाएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .