ad ad

राजनीति


दोहामा अमेरिका-तालिबान शान्ति सम्झौता, अफगानिस्तानबाट अमेरिकी सेना फर्किंदै

दोहामा अमेरिका-तालिबान शान्ति सम्झौता, अफगानिस्तानबाट अमेरिकी सेना फर्किंदै

नेपालखबर
फागुन १७, २०७६ शनिबार १४:४७,

अमेरिका र तालिबानबीच शनिबार ऐतिहासिक शान्ति सम्झौता भएको छ।

यस सम्झौतासँगै अफगानिस्तामा रहेका अमेरिकी सेना फिर्ता हुने र अमेरिकाले अहिलेसम्म गरेको सबैभन्दा लामो युद्धको अन्त्यका लागि आधार तय हुने बताइएकाे छ।

अफगानिस्तानका लागि अमेरिकी विशेष प्रतिनिधी जलमे खालिलजद र तालिवान तर्फका मुख्य वार्ताकार मूल्लाह अब्दुल गनी बरदारबीच कतारको दोहामा सो सहमति भएको हो।

अमेरिकी विदेशमन्त्री माइक पम्पियोको उपस्थितिमा सो सहमतिमा हस्ताक्षर भएको थियाे।

‘यसरी नै अब अफगानिस्तानले कहिल्यै पनि अन्तर्राष्ट्रिय आतंकवादीलाई सघाउने छैन भन्ने सुनिश्चित गर्नेछौं,’ पम्पिओले भने।

शनिबार नै अमेरिकी रक्षामन्त्री मार्क एस्पर अफगानिस्तानका राष्ट्रपति अस्रफ गानीसँग संयुक्त घोषणा गर्नका लागि काबुल पुगेका छन्।

अफगानिस्तानका राष्ट्रिय सुरक्षा सल्लाहकार हमदुल्लाह मोहिवका अनुसार, अमेरिका–नाटो–अफगान संयुक्त घोषणामा विदेशी सेनाको फिर्तासम्बन्धी १८–महिने फिर्ती कार्यक्रम तय गरिएको छ।

‘तर, अमेरिका र तालिवानबीच भएको सहमतिका यी बुँदाहरुमा शर्तहरु जोडिएको छ र यदि ती शर्त पुरा नभए सो समयसीमा परिवर्तन हुनसक्छ,’ उनले भने।

गत शुक्रबार अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सो हस्ताक्षर कार्यक्रममा उपस्थित हुनका लागि उनका रक्षामन्त्री मार्क एस्परलाई काबुल खटाएका थिए।

‘यदि तालिवान र अफगानी सरकारले यी प्रतिवद्धताहरुलाई कार्यान्वयन गरे भने अफगानिस्तानमा युद्धको अन्त्य गर्न र हाम्रा सेनालाई फिर्ता ल्याउनेतर्फ अघि बढ्न एउटा बलियो बाटो तय गर्नेछौंं,’ ट्रम्पले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘यी प्रतिवद्धतामा अल कायदा, आइसिस र अन्य कुनै पनि आतंकवादी समुहबाट मुक्त रहेको नयाँ अफगानिस्तानमा दिर्घकालिन शान्ति कायम गर्नका लागि महत्वपूर्ण कदमहरु तय गरिएको छ।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .