अमेरिकाकी उपराष्ट्रपति कमला ह्यारिसले आफूलाई राष्ट्रपतिको उम्मेदवार बन्न आफ्नो पार्टी डेमोक्र्याटिक पार्टीबाट पनि समर्थन पाएको बताएकी छन्।
यसअघि राष्ट्रपति जो बाइडेनले राष्ट्रपतिको दौड छाड्दै उपराष्ट्रपति ह्यारिसलाई समर्थन गरेका थिए। तर पार्टीबाट उनको नाममा समर्थन प्राप्त भइसकेको थिएन।
अहिले भने डेमोक्र्याटिक पार्टीबाट राष्ट्रपतिको उम्मेदवार बन्न आवश्यक समर्थन प्राप्त भएको ह्यारिसले आफैँले जानकारी गराएकी हुन्।
ह्यारिसले सामाजिक सञ्जाल एक्समा लेखेकी छन्, ‘आज राति म हाम्रो पार्टीको उम्मेदवार बन्न आवश्यक समर्थन पाउँदा गर्व लागेको छ।’
उनले अगाडि लेखेकी छन्, ‘आगामी केही महिनामा म देशैभर घुमेर अमेरिकाका जनतासँग हरेक मुद्दामा कुरा गर्नेछु। मेरो उद्देश्य हाम्रो पार्टी र राष्ट्रलाई एकताबद्ध गर्ने र डोनाल्ड ट्रम्पलाई हराउने हो।’
Tonight, I am proud to have earned the support needed to become our party’s nominee.
— Kamala Harris (@KamalaHarris) July 23, 2024
Over the next few months, I'll be traveling across the country talking to Americans about everything on the line. I fully intend to unite our party and our nation, and defeat Donald Trump. pic.twitter.com/Bsq3N6pMAi
Shares
प्रतिक्रिया