ad ad

राजनीति


अर्थ समितिमा थपिए वर्षमान, पदम र विराजभक्त, शिक्षामा रेखा र सुमना

अर्थ समितिमा थपिए वर्षमान, पदम र विराजभक्त, शिक्षामा रेखा र सुमना

नेपालखबर
साउन ८, २०८१ मंगलबार १८:३४, काठमाडौँ

संघीय संसद्को प्रतिनिधि सभा अन्तर्गत रहेका संसदीय समितिका केही सदस्यहरू हेरफेर तथा थप गरिएको छ।

मंगलबार सभामुख देवराज घिमिरेले केही सदस्यहरू हेरफेर तथा थपसम्बन्धी प्रस्तुत गरेको प्रस्ताव प्रतिनिधि सभाबाट पारित भएको हो। 

जस अन्तर्गत, अर्थ समितिमा तीनजना सदस्यहरू थपिएका छन्। यसअघिको सरकारका मन्त्रीहरू समेत रहेका एमाले सांसद पदम गिरी, माओवादी सांसद वर्षमान पुन र रास्वपा सांसद विराजभक्त श्रेष्ठलाई अर्थ समितिमा मनोनीत गरिएको हो। 

त्यस्तै, शिक्षा, स्वास्थ्य तथा प्रविधि विकास समितिमा दुई जना सदस्य थप गरिएको छ। माओवादी केन्द्रबाट रेखा शर्मा र रास्वपाबाट सुमना श्रेष्ठलाई शिक्षा समितिमा मनोनीत गरिएको सभामुख घिमिरेले जानकारी दिए।

संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली, २०८० को नियम २५ को २ बमोजिम हेरफेर तथा प्रतिनिधि सभा नियमावली ७९ को नियम १७७ अनुसार थप गर्ने प्रस्ताव प्रस्तुत गरिएको थियो। 

जुन प्रस्ताव सभाबाट पारित भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .