ad ad

राजनीति


प्रचण्डलाई नारायणकाजीको सन्देश– नेतृत्वको जिम्मेवारी दिए सम्हाल्न तयार छौँ

प्रचण्डलाई नारायणकाजीको सन्देश– नेतृत्वको जिम्मेवारी दिए सम्हाल्न तयार छौँ

नेपालखबर
साउन ९, २०८१ बुधबार ११:४३, काठमाडौँ

नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष नारायाण्काजी श्रेष्ठले पार्टीको नेतृत्व गर्ने जिम्मेवारी दिए तयार रहेको बताएका छन्।

बुधबार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा नरबहादुर कर्मचार्यको स्मृति सभामा बोल्दै उनले पार्टी अध्यक्ष पुष्पकमल दाहालले ३५ वर्ष पार्टीको नेतृत्व गरिसकेँ अब तपाईंहरूले चलाउनुस् भनेर जिम्मेवारी दिए नेतृत्वका लागि तयार रहनुपर्ने बताए। 

‘अध्यक्ष कमरेडले ३५ वर्ष मैले पार्टीको अध्यक्षता गरेँ, मैले मात्रै कति जिम्मेवारी लिने भनेर हामीमध्ये कोहीलाई तपाईंहरू अब चलाउनुस् भने कुनैदिन भनेको स्थितिमा हामी चलाउन तयार हुनुपर्छ। अहिलेको अवस्थामा रुपान्तरणको प्रक्रियाको नेतृत्व पनि पार्टी अध्यक्षले नै गरेर अघि बढ्नु र हामी सबैले साथ दिने अहिलेको आवश्यकता हो,’ उनले भने।

उनले अहिलेको अवस्थामा रुपान्तरणको प्रक्रियाको नेतृत्व पनि पार्टी अध्यक्ष दाहालले नै गरेर अघि बढ्नु र सबैले साथ दिनेकुरा अहिलेको आवश्यकता भएको जिकिर गरे। 

माओवादी केन्द्रका लागि सरकारमा रहनु र सरकारबाट बाहिरिनुले कुनै असर नगर्ने भएपनि  अहिलेको कार्यदिशा कार्यान्वयनको निम्ति सरकारको भूमिका महत्त्पूर्ण रहने बताए। 

‘हामी अहिले सरकारबाट बाहिर धकेलिएका छौँ। हाम्रो लागि सरकारमा रहनु वा सरकारबाट बाहिर आउनु त्यति ठूलो कुरा होइन। यद्यपि अहिलेको कार्यदिशा कार्यान्वयनको निम्ति सरकारको भूमिका महत्त्वपूर्ण रहन्छ। अहिले मुख्य भूमिकामा थियो,,’ उनले भने, ‘संघीय सरकार, प्रादेशिक सरकार र स्थानीय सरकार गर्दा। अहिले प्रादेशिक र संघीय सरकारमा नरहने स्थितिमा हाम्रो संसदको भूमिका मुख्य भएर जान्छ। विस्तारै जनतासँग जोडेर जनपरिचालन, जनसंघर्षको भूमिकामा पनि जानुपर्ने स्थिति हुनसक्छ। त्यसको आवश्यकताअनुसार हामी अघि बढ्छौँ।’

पार्टीको नेतृत्वको सरकारलाई गिराउन विभिन्न ढंगले सधैँ प्रयत्न हुँदै आएको बताउँदै उपाध्यक्ष श्रेष्ठले अहिले बनेको सरकारले राष्ट्रियताको रक्षा नगर्ने, उपलब्धिको रक्षा नगर्ने र सुशासन स्थापित गर्न नसक्ने बताए।

‘सरकारबाट बाहिर आएको अवस्थामा प्रतिक्रियात्मक, आक्रोशको ढंगले प्रस्तुत गर्दैनौँ। हाम्रो पार्टीको नेतृत्वको सरकारलाई गिराउन विभिन्न ढंगले सधैँ प्रयत्न भइरहेको छ। जुन सरकार अहिले बनेको छ, त्यो सरकारले के राष्ट्रियताको रक्षा गर्दछ, जो हामीले दृढतापूर्वक अघि बढाएका थियौँ। यो सरकारले के अहिलेको उपलब्धिको रक्षा गर्छ?,’ उनले भने, ‘अहिलेको उपलब्धि रक्षा गर्नुको सट्टा प्रतिगमनतिर लैजाने त होइन भन्ने आशंक आएका छन्। त्यसप्रति हामी सचेत छौँ। यो सरकारले सुशासन स्थापित गर्छ भन्दा भ्रष्टचारीको रक्षा गर्ने, थप भ्रष्टाचारीको आधार तयार पार्ने दिशातिर त जाँदैन भन्ने प्रश्न आएको छ। शान्ति प्रक्रियाको काम पूरा भएको छैन, आग्रह गर्छौं, यो सबैको कार्यभार हो। यो टुंग्याउन लागौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .