सञ्चारकर्मीलाई बाहिर निकालेर निर्वाचन आयोगका प्रस्तावित आयुक्त कृष्णमान प्रधानको संसदीय सुनुवाइ थालिएको छ। संघीय संसद्को सुनुवाइ समितिले बुधबार (आज) प्रधानलाई सुनुवाइका लागि बोलाएको थियो।
यद्यपि, सुनुवाइ कक्षबाट पत्रकारहरूलाई भने बाहिर निकालिएको छ। यसअघि पत्रकारलाई सुनुवाइमा राखेर सांसदले प्रस्तावित पदाधिकारीसँग प्रश्नोत्तर गर्ने अभ्यास थियो। आज पनि सुरुमा पत्रकारहरूलाई बैठकमा राखिएको थियो।
तर, केहीबेरपछि सञ्चारकर्मीलाई बाहिर निकालेर सुनुवाइ सुरु गरिएको हो।
प्रधानविरुद्ध यौन शोषणको उजुरी परेको थियो। यस्तो विषयमा छलफल हुँदा धेरै विषयहरू गोप्य राख्नुपर्ने भएकाले सञ्चारकर्मीलाई बाहिर निकालिएको बताइएको छ।
255
Shares
प्रतिक्रिया