ad ad

राजनीति


उद्योग समितिमा सांसदको हाजिरी सार्वजनिक गर्न सचिवालयलाई निर्देशन

उद्योग समितिमा सांसदको हाजिरी सार्वजनिक गर्न सचिवालयलाई निर्देशन

नेपालखबर
साउन ९, २०८१ बुधबार १७:१, काठमाडौँ

संसदीय समिति बैठकमा सांसदहरू नियमति रुपमा उपस्थित नभएपछि उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले कडाई गर्ने भएको छ।

बुधबार प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकले बैठकमा कुन सांसद कति पटक सहभागिता जनाएको विषयमा तथ्याङ्क सार्वजनिक गर्न सचिवालयलाई निर्देशन गरेको छ।

संसदीय समिति बैठकहरुमा सांसदहरुको उपस्थिति कमी हुने गरेकाले बैठकमा उपस्थिति सार्वजनिक गरी कडाई गर्न थालेको देखिन्छ।

बैठकमा समिति सभापति अब्दुल खानले ३७ वटा समिति बैठकमा कुन सांसद कति पटक सहभागिता जनाएको हो त्यसको तथ्याङ्क सार्वजनिक गर्न सचिवालयलाई निर्देशन दिए। 

उनले पछिल्लो समय समितिमा धेरै विधेयकहरुको विषयमा छलफल गर्नुपर्ने भएपनि सांसदहरुको उपस्थिति कमजोर रहेकाले बैठकमा सहभागिता भएको तथ्याङ्क सार्वजनिक गरिने बताए। 

उनले समिति बैठकमा सांसदहरुको सहभागितालाई नियमित गराउनको लागि ३७ बैठकमा कुन सांसद कतिवटा बैठकमा सहभागिता भएको तथ्याङ्क सचिवालयको वयवसाइटमा सार्वजनिक गर्न सचिवालयलाई निर्देशन गरे।

‘अहिलेसम्मका समिति बैठकमा कुन सदस्य कति बैठकमा सहभागिता जनाएका छन् त्यसको सूची निकाल्नु प¥यो। उक्त सूचि वेबसाइटमा राख्न समिति सचिवालयलाई निर्देशन दिन्छु,’ उनले भने, ‘समितिको ३७ वटा बैठक भएको छ। त्यसमा कुन सांंसद कति वटा बैठकमा सहभागिता हुनु भएको छ। त्यो तथ्याङ्क निकाल्नलाई सचिवालयलाई निर्देशन गर्दछु।’

उनले समिति बैठकहरु सांसदहरुको उपस्थितिलाई सबैले जानकारी पाउने गरी समितिले सार्वजनिक गर्ने निर्देशन दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .