ad ad

राजनीति


विमान दुर्घटनाबारे गहन अध्ययन गरेर दोषीलाई कारबाही गर्न एकीकृत समाजवादीको माग

विमान दुर्घटनाबारे गहन अध्ययन गरेर दोषीलाई कारबाही गर्न एकीकृत समाजवादीको माग

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक (फाइल तस्बिर)


नेपालखबर
साउन १०, २०८१ बिहिबार १३:४८, काठमाडौँ

नेकपा (एकीकृत समाजवादी) ले सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे गहन रुपमा अध्ययन गर्न सरकारसँग आग्रह गरेको छ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय आलोनगरमा बसेको एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठकले  सौर्य एयरलाइन्स दुर्घटनाबारे गहन रुपमा अध्ययन गर्न सरकासँग आग्रह गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।

दुर्घटनाका दोषीमाथि कारबाही हुनुपर्ने र मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग समेत एकीकृत समाजवादीले गरेको छ। बैठकबारे जानकारी दिँदै उनले भने, ‘सौर्य एयरलाइन्सको दुर्घटनाबारे मृतकप्रति श्रद्धाञ्जली दिँदै र दुर्घटनाको बारेमा प्राविधिक पक्ष के थियो? त्यसको छानबिन तत्काल गर्न र उपयुक्त समाधान निकाल्नुपर्ने। मृतक परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने।’

बैठकमा २९९ सदस्यीय केन्द्रीय समितिलाई पूर्णता दिनेबारे समेत छलफल भएको बताइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .