ad ad

राजनीति


रास्वपाले भन्यो–उपसभामुखको पत्र अमेरिकी दूतावासमा दर्ता नै भएको रहेनछ

रास्वपाले भन्यो–उपसभामुखको पत्र अमेरिकी दूतावासमा दर्ता नै भएको रहेनछ

नेपालखबर
साउन १०, २०८१ बिहिबार १६:१४, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुख इन्दिरा रानाले भिसा सिफारिस गर्दै लेखेको पत्र अमेरिकी दूतावासमा दर्ता समेत नभएको दाबी गरेको छ। 

बिहीबार केन्द्रीय समिति बैठकपछि बोल्दै रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाले भने, ‘त्यो पत्रबारे हामीले आफ्नो स्रोतबाट बुझ्यौं। अमेरिकी दूतावासमा दर्ता पनि नभएको रहेछ।’ 

सिफारिसमा परेका व्यक्तिले त्यसको सुविधा उपभोगसमेत नगरेको भन्दै उनले पत्रमा गलत आशय पनि नदेखिएको टिप्पणी गरे।

‘सिफारिस गरिएका कसैले पनि त्यसको सुविधा नपाएको, कार्यान्वयनमा त्यो पत्र कतै पनि नगएको, अनि अभियोग लगाइएको जस्तो आर्थिक चलखेल पनि कतै नभएको,’ झाले भने, ‘हामीले सबै चिज बुझ्यौं। यसमा आशय पनि गलत छैन, नियत पनि गलत छैन।’

पत्रको पनि कतै गलत प्रभाव नपरेकाले पार्टीले उपसभामुखलाई कारबाही नगर्ने उनको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .