ad ad

राजनीति


टीआरसी विधेयक : सरोकारवालाहरूसँग सोमबार छलफल गरेर प्रतिवेदन तयार पारिने

टीआरसी विधेयक : सरोकारवालाहरूसँग सोमबार छलफल गरेर प्रतिवेदन तयार पारिने

नेपालखबर
साउन ११, २०८१ शुक्रबार १२:५२, काठमाडौँ

संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमति जुटाउन गठित कार्यदलले निर्णय लिनुअघि सरोकारवालाहरूको राय लिने भएको छ। 

शुक्रबार सिंहदरबारमा बसेको कार्यदलको बैठकले आगामी सोमबारसम्म विभिन्न सरोकारवालाहरूसँग राय लिने र त्यसपछि निर्णय लिने छलफल गरेको हो। 

कार्यदलको अहिलेसम्म चारवटा बैठक बसिसकेको छ। कार्यदललका सदस्यसमेत रहेका नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाका अनुसार अहिले अन्तिम रुप दिनका लागि परामर्श गर्ने जानकारी दिए।

‘आज पनि हामी थप फिनिसिङ गर्ने तहमा पुग्दैछौँ। फाइनल फिनिसिङ गर्नुअघि एक पटक राय पनि लिनुपर्ने निर्णय लिएका छौँ ‘अब टुंग्याउनेतिर जान्छौँ’ उनले भने।

उनले अघि भने, ‘फाइनल गर्नको लागि केही रायहरु पनि सोमबारसम्म लिन्छौँ। परामर्शपछि कार्यदलको अन्तिम बैठक बसेर टुंग्याउँछ।’ 

त्यस्तै, माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले सहमतिकै वरिपरि छलफल पुगेको बताए। 

कानुनमन्त्री र सचिव, सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका सचिव लगायतका सरोकारवालाहरूसँग सोमबार छलफल गरेर प्रतिवेदन तयार पारिने शर्माले बताए। 

‘सैद्धान्तिक रुपमा सबै कुरा मिलेकै छन्। सोमबार सरकोकारवालाहरूलाई बोलाएर प्रतिवेदन बनाउने कुरा भएको छ,’ शर्माले नेपालखबरसँग भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .