ad ad

राजनीति


कृषिमन्त्रीको आग्रह– अन्नबालीमा विषादीको प्रयोग नगरौँ

कृषिमन्त्रीको आग्रह– अन्नबालीमा विषादीको प्रयोग नगरौँ

नेपालखबर
साउन १५, २०८१ मंगलबार १२:५, काठमाडौँ

कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले विषादीको प्रयोग नगरी अन्नबाली उत्पादन गर्न आग्रह गरेका छन्।

कालिमाटी फलफूल तथा तरकारी विकास समितिको बधाई ज्ञापन कार्यक्रममा बोल्दै उनले सम्भव भएसम्म विषादी प्रयोगमा न्युनीकरण गर्न आग्रह गरे। 

विषादीको प्रयोग कम गरे रोगहरू घट्ने र सबैलाई फाइदा हुने उनले बताए। 

‘हामीले रैथाने बाली बेवास्ता गरेका छौँ। विकासे बालीलाई किराहरु लाग्ने भएकाले विषादी नराखी सम्भावना छैन। मल प्रयोग नगरी सुख छैन। वस्तुको मलले फल्दैन। अवस्था अत्यन्त गम्भीर छ। विषादी सम्भव भएसम्म न्युनीकरण गरौँ। विषादी प्रयोग नगरौँ। हामीले यो कुरालाई तिव्रताका साथ लैजान सक्यौँ भने बढी फाइदा हुन्छ,’ उनले भने।

साथै, मन्त्रालयले गर्नसक्ने सहयोग गर्न आफू प्रतिवद्ध रहेको बताउँदै उनले रैथानी बालीको बेवास्ता गरिएको भन्दै आपत्ति जनाए। 

कालीमाटी तरकारी बजार र सिंगो उपत्यकालाई बचाउनका लागि उपत्यकावासीको चुल्होमा स्वस्थ तरकारी र फलफूल पु¥याउन पुग्न आफूले सक्दो प्रयास गर्ने उनको भनाइ थियो। 

‘रोग धेरै घट्छ। विषादी प्रयोग गरेका सामान खाइयो भने सबैको घर र चुल्होमा समस्या हुन्छ। कालीमाटी तरकारी बजार र सिंगो उपत्यकालाई बचाउनका लागि उपत्यकाको चुल्होमा पुग्नका लागि मैले मेरो ठाउँबाट के गर्नसक्छु म त्यो गर्न तयार छु,’ उनले भने।

कालीमाटी फलफूल तथा तरकारी विकास समितिले सिंगो उपत्यका ओगट्ने स्थिति सिर्जना गरी कमजोरी हटाउँदै जानुपर्ने बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .