ad ad

राजनीति


जङ्गी अड्डाबाट पृतनापतिहरूलाई प्रधानसेनापति शर्माको अन्तिम सम्बोधन

जङ्गी अड्डाबाट पृतनापतिहरूलाई प्रधानसेनापति शर्माको अन्तिम सम्बोधन

नेपालखबर
साउन १५, २०८१ मंगलबार १७:२५, काठमाडौँ

प्रधानसेनापति प्रभुराम शर्माले जङ्गी अड्डाबाट पृतनापतिहरुलाई सम्बोधन गरेका छन्।

मंगलबार भर्चुअल माध्यमबाट प्रधानसेनापति शर्माले आफ्नो कार्यकालमा सरकारबाट प्राप्त थप जिम्मेवारी कुशलतापूर्वक वहन गर्न पुर्‍याएको योगदानका लागि पृतनापति लगायत मातहतका सकलदर्जालाई धन्यवाद दिए।

प्रधान सेनापति आफ्नो ४१ वर्ष लामो सैनिक सेवाबाट अवकास हुन लागेका छन्।

प्रधान सेनापतिको ३ वर्षे कार्यकाल आगामी भदौ २५ गते सम्पन्न हुने भए पनि साउन २५ गतेबाट नै बिदामा बस्नेछन्।

सदैव राष्ट्रिय सुरक्षा एवं राष्ट्र हित अनुरूप असरदार रूपमा कार्य गर्न प्रधानसेनापति शर्माले निर्देशन दिए।

व्यक्ति केिन्द्रत आकस्मिक योजनाहरु भन्दा पनि बस्तुगत अन्तक्र्रिया, तार्किक बहस र विस्तृत पुष्ट्याइँ सहितको सामुहिक योजनाहरुले बुझाई र गराइमा प्राथमिकता पाउने भएकाले नै नेपाली सेना जनताको आड र भरोसाको धरोहर रहेको तथ्य अवगत गराएका थिए।

सम्बोधनको क्रममा प्रधान सेनापतिले नेपाली सेनाले अनुसरण गर्दै आएको सैनिक मूल्य मान्यतालाई अक्षुण्ण राख्दै एक भरोसादार एवं प्रभावकारी सङ्गठनको रूपमा स्थापित गराई राख्न भावी नेतृत्वलाई समेत आफूलाई जस्तै साथ सहयोग दिइरहने विश्वास व्यक्त गरे।

मनसुनका कारण देशका विभिन्न स्थानमा गएको बाढी, पहिरोमा सकलदर्जाले र्पुयाएको योगदानका लागि धन्यवाद व्यक्त गर्दै उच्च हौसलाका साथ विपद् प्रतिकार्यमा लागि रहन निर्देशन समेत दिएका छन्।

बलाधिकृत रथी अशोक राज सिग्देल, युद्धकार्य विभागका निमित्त विभागीय प्रमुख लगायत रथीबृन्द तथा अधिकृतहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा पृतनापतिहरूले प्रधान सेनापति समक्ष विद्यमान विपद् प्रतिकार्यमा फौजको परिचालन लगायत समसामयिक विषयमा संक्षिप्त जानकारी गराएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .