ad ad

राजनीति


राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा जाँदै प्रधानमन्त्री ओली

राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा जाँदै प्रधानमन्त्री ओली

नेपालखबर
साउन २२, २०८१ मंगलबार १३:४१, काठमाडौँ

राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित हुने भएका छन्। समितिका सभापति रामहरि खतिवडाका अनुसार, मंगलबार दिउँसो २ बजे बस्ने समितिको बैठकमा प्रधानमन्त्री ओली उपस्थित हुन लागेका हुन्। 

प्रधानमन्त्री बनेपछि उनी पहिलोपटक समितिको बैठकमा उपस्थित हुन लागेका हुन्। 

यसअघि गत १६ गतेको बैठकमा पनि ओलीलाई समितिमा आमन्त्रण गरिएको थियो। तर, उनले आफू उपस्थित हुन नसक्ने पत्रसहित गृहमन्त्रीलाई समितिमा पठाएका थिए। 

आजको बैठक कानुन समितिकाे हलमा हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .