ad ad

राजनीति


दुई सचिवको सरुवा, दुई बढुवा

दुई सचिवको सरुवा, दुई बढुवा

नेपालखबर
साउन २२, २०८१ मंगलबार २०:३५, काठमाडौँ

सरकारले दुई सचिवलाई सरुवा गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सत्य निरूपण तथा मेलमिलाप आयोगका सचिव उदयराज सापकोटा र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव फणीन्द्र गौतमलाई सरुवा गरेको हो।

सापकोटालाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा र गौतमलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको हो।

सापकोटा यसअघि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा थिए। प्रधानमन्त्री कार्यालयकी कानुन सचिव लीलादेवी गड्तौला मुख्यसचिव भएपछि रिक्त रहेको सो स्थानमा गौतमलाई लगिएको हो।

न्याय सेवा आयोगले दुईजना सहसचिवको सचिवमा बढुवाका लागि सिफारिस गरेको छ।

यस्तै रक्षा मन्त्रालयका सहसचिव आलोकचन्द्र श्रेष्ठ र नेपाल कानुन आयोगका सहसचिव पाराश्वर ढुंगाना सचिवमा बढुवा भएका छन्।

श्रेष्ठलाई सत्य निरुपण तथा मेलमिलाप आयोगको सचिवमा र ढुंगानालाई कानुन आयोगको सचिव पदमा पदस्थापन पनि गरिएको छ।

गत साता मंगलबार बसेको न्याय सेवा आयोगको बैठकको सिफारिसबमोजिम मन्त्रिपरिषद्ले निर्णय गरेको हो।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .