ad ad

राजनीति


कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै, यी हुन् एजेन्डा

कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै, यी हुन् एजेन्डा

फाइल तस्बिर


नेपालखबर
साउन २३, २०८१ बुधबार ९:४८, काठमाडौँ

सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बुधबार बस्दै छ। 

बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्नेछ। 

पार्टी कार्यालयका सचिव प्रकाश शर्माका अनुसार बैठकमा गत फागुनमा सम्पन्न महासमिति बैठकले परिमार्जनसहित केन्द्रीय समितिबाट पारित गर्नेगरी अघि बढाएका विषयबारे छलफल हुनेछ।

यसअघि गत २१ गते बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठकले कार्यसमिति बैठकको एजेन्डाहरूको सम्बन्धमा छलफल गरेको थियो।

कांग्रेसको महासमिति बैठक गत फागुन ७ देखि १० सम्म ललितपुरको गोदावरीमा बसेको थियो। त्यहाँ प्रस्तुत भएका प्रतिवेदनहरू सर्वसम्मतिले पारित भएको भनिए पनि अन्तिम रूप भने केन्द्रीय कार्यसमितिले दिने निर्णय भएको थियो।

महामन्त्री थापाले चुनावमा गठबन्धन नगर्ने प्रस्ताव पेस गरेका थिए भने अर्का महामन्त्री शर्माले राष्ट्रपति एकपटक, प्रधानमन्त्री दुईपटक, मन्त्री तीनपटक र सांसद चारपटक मात्र हुन पाउने व्यवस्था प्रस्ताव गरेका थिए।

उपसभापति खड्काले माओवादीको सशस्त्र संघर्षबारे गरेको टिप्पणी विवादित भएको थियो। कांग्रेसको महासमिति बैठकलगत्तै कांग्रेस र माओवादीबीचको सत्ता साझेदारी टुटेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .