ad ad

राजनीति


हेलिकप्टर दुर्घटना : सिंहदरबारमा आकस्मिक मन्त्रिपरिषद् बैठक

हेलिकप्टर दुर्घटना : सिंहदरबारमा आकस्मिक मन्त्रिपरिषद् बैठक

नेपालखबर
साउन २३, २०८१ बुधबार १७:०, काठमाडौँ

मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरु भएको छ।

नुवाकोटमा भएको हेलिकप्टर दुर्घटनाकाबारे राहतबारे निर्णय लिन मन्त्रिपरिषद् बैठक बसेको हो। 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

‘दुर्घटनाका सम्बन्धमा केही बेरपछि मन्त्रिपरिषद्को आकस्मिक बैठक बसिएको हो,’ उनले भने। 

हेलिकोप्टर दुर्घटना भएको सम्बन्धमा प्रधानमन्त्री ओलीले दुःख व्यक्त गरेका छन्।

सिंहदरबारस्थित उपत्यका मेयर्स फोरमका पदाधिकारीसँग पूर्व निर्धारित भेटघाटमा रहेका प्रधानमन्त्री ओलीले दुर्घटनाको खबर सुनेका थिए। 

लगत्तै उनले भेटघाट संक्षिप्त बनाए।

प्रधानमन्त्री ओलीले १४ दिनपछि अर्को हवाइ दुर्घटना हुनु दुःखद् भएको बताए।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .