ad ad

राजनीति


माओवादीमा गुटबन्दी छ तर कुनै हालतमा फुट्न दिन्नँ : प्रचण्ड

माओवादीमा गुटबन्दी छ तर कुनै हालतमा फुट्न दिन्नँ : प्रचण्ड

नेपालखबर
साउन २३, २०८१ बुधबार १७:११, काठमाडौँ

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पार्टीबाट अलग्गिएका नेताहरूलाई एक ठाउँमा ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।

बुधवार नेकपा (माओवादी केन्द्र) हुम्लाको कार्यक्रमलाई पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले पार्टीका कार्यकर्ताहरूलाई पार्टी फुट्छ की भन्ने चिन्ता नलिन आग्रह गरे।

अब फुटेर गएका नेताहरू पनि एक ठाउँमा आउने गृहकार्य भइरहेको जिकिर गरे।

अध्यक्ष दाहालले माओवादीबाट बिगतमा छुट्टिएकाहरू एकता गर्नुको विकल्प नरहेको भन्दै पार्टी एकताका लागि आइरहेको दाबी गरे।

उनले फुटेका नेताहरु एकजुट गरी पुनः एकपटक पार्टीको नेतृत्व गर्ने आँट आफूले गरेको बताए। उनले माओवादी केन्द्रलाई कुनै हालतमा फुट्न नदिने भन्दै फुटहरुलाई कार्यक्रममार्फत अन्त्य गर्ने बताए।

दाहालले सशक्त कार्यक्रममार्फत गुटबन्दीको अन्त्य गर्ने पनि जिकीर गरे।

‘तपाईंहरूलाई चिन्ता छ, पार्टी के हुन्छ, गुटहरू छन्, गुटैगुट, पार्टी फेरि फुट्ने पो हो की? म के भन्न चाहन्छु भने पार्टी अब फुटतिर होइन, हिजो फुटेकाहरू पनि सबै जुट्नेतिर आएका छन्’ दाहालले भने, ‘हाम्रोभित्र तपाईंहरुले सुन्नुभएको छ, यस्तो भयो, त्यस्तो भयो, आदि इत्यादि। यो पार्टीलाई कुनै हालतमा फुट्न दिइँदैन। फुटेकालाई जुटाइन्छ। फुटहरु जो छन्, तिनलाई यो पटक कार्यक्रममार्फत अन्त्य गरिन्छ। सशक्त कार्यक्रममार्फत गुटबन्दीको अन्त्य गर्ने सुरुवात गरिन्छ।’

अध्यक्ष दाहालले नयाँ कार्ययोजना र कार्यक्रमसहित देशव्यापी अभियानमा जाने संकल्प आजको आवश्यकता भएको बताए।

उनले आफूले एक ढंगको विद्रोहको झण्डा उठाइसकेको दाबी गरे। उनले समाजवादको निम्ति प्रतिक्रान्तिका बिरुद्ध क्रान्तिको झण्डा उठाएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .