ad ad

राजनीति


अस्पतालहरुमा लाग्ने गरेको बिरामीको लाइनप्रति प्रधानमन्त्रीको चासो

अस्पतालहरुमा लाग्ने गरेको बिरामीको लाइनप्रति प्रधानमन्त्रीको चासो

नेपालखबर
साउन २५, २०८१ शुक्रबार १३:१७, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालमा उपचारका लागि पुग्ने बिरामी लाइन लाग्नु पर्ने अवस्थाप्रति चासो देखाएका छन्।

स्वास्थ्य क्षेत्रका समस्या, समाधानका उपाय र तत्काल गर्न सकिने सुधारका विषयमा सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले बिरामीलाई विना लाइन र भन्झट सहजरुपमा उपचार सेवा दिने सम्बन्धमा सरोकारवालासँग जिज्ञासा राखेका हुन्। 

प्रधानमन्त्री ओलीले चिकित्सक र स्वास्थ्यकर्मीलाई उचित सुविधा दिएर भए पनि आवश्यक परेका बेला खटाउन आग्रह गरे। 

‘सरकारी अस्पतालमा कार्यालय समयमा जाँच नगरे बिरामीलाई क्लिनिकमा बोलाउने प्रवृत्ति अन्त्य हुनुपर्छ,’ प्रधानमन्त्री ओलीले भने।

बिरामीलाई भर्ना नगरी उपचारै नथाल्ने र पैसा तिर्न नसकेका कारण उपचार नहुने अवस्थाको अन्त्य हुनुपर्नेमा जोड दिँदै उनले स्वास्थ्य बीमालाई व्यवहारिक र कार्यान्वयनयोग्य बनाउन पनि आग्रह गरे।

छलफलमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल, मुख्यसचिव, सम्बन्धित सचिवहरुलगायत सहभागी थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .