ad ad

राजनीति


भारतीय विदेश सचिव मिस्रीले गरे नेपाल भाषा परिषद्को भवन उद्घाटन (तस्बिर)

भारतीय विदेश सचिव मिस्रीले गरे नेपाल भाषा परिषद्को भवन उद्घाटन (तस्बिर)

नेपालखबर
साउन २७, २०८१ आइतबार १३:२९, काठमाडौँ

भारतीय विदेश सचिव विक्रम मिस्रीले नेपाल भाषा परिषद्को नवनिर्मित भवन उद्घाटन गरेका छन्। उनी दुई दिने औपचारिक भ्रमणका लागि आइतबार बिहान काठमाडौँ आइपुगेका हुन्।

काठमाडौँ आएलगत्तै उनले नेपाल भाषा परिषदको नवनिर्मित भवन उद्घाटन गरेका हुन्। मिस्रीलाई परराष्ट्र सचिव सेवा लम्सालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेकी थिइन्। 

गत असार १४ गते भारतको विदेश सचिवमा नियुक्त भएका मिस्री पहिलो पटक नेपाल भ्रमणमा आएका हुन्।

उनले आजै २ बजे राष्ट्रपति रामचन्द्र पौडेल र ३ बजे प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गर्ने तालिका रहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .