ad ad

राजनीति


पार्टी बैठकमा स्वास्थ्यमन्त्री पौडेलले भने– स्वास्थ्य बिमा सुधार कार्यक्रममा अपनत्व लिनुपर्‍यो

पार्टी बैठकमा स्वास्थ्यमन्त्री पौडेलले भने– स्वास्थ्य बिमा सुधार कार्यक्रममा अपनत्व लिनुपर्‍यो

नेपालखबर
साउन २८, २०८१ सोमबार १८:४६, काठमाडौँ

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रालयले अघि सारेको स्वास्थ्य बिमा सुधार कार्यक्रमलाई अपनत्व लिइदिन आग्रह गरेका छन्।

कांग्रेस केन्द्रीय समितिको बैठकमा बोल्दै पार्टी केन्द्रीय सदस्यसमेत रहेका मन्त्री पाौडेलले आफूले आइतबार मन्त्रीका हैसियतमा सार्वजनिक गरेको स्वास्थ्य क्षेत्रका प्राथमिकता तथा कार्ययोजनामा स्वास्थ्य बिमाको दायरा ५ लाख पुर्‍याउने विषय समेटेको उल्लेख गर्दै यसका लागि श्रोत सुनिश्चितसमेत गर्न सकिने उल्लेख गरे।

उनले ४० अर्ब हाराहारीमा बिमाका लागि श्रोत जुटाउन सकिने भन्दै आफ्नो पार्टीकै पालामा अघि बढेको कार्यक्रम सुधारका लागि आफूले अघि सारेको कार्यक्रमलाई अपनत्व लिएर अघि बढाउन निर्णय गरिदिन केन्द्रीय समितिसमक्ष आग्रह गरे।

मन्त्री पौडेलले भने, ‘मन्त्रालयले अघि सारेको प्राथमिकता र कार्ययोजना अन्तर्गतको बिमा सुधार योजना कार्यान्वयन गर्ने निर्णय गरेर प्रोत्साहित गर्न अनुरोध गर्दछु।’

बैठकमा मन्त्री पौडेलले नेतृ चित्रलेखा यादवले उठएको क्यान्सरको औषधी महँगो भएको विषयको जवाफ दिंदै यी लगायत बढी मूल्य परेका औषधीको मूल्य समायोजन गर्नकै लागि कार्ययोजनामा मूल्य समायोजनको कुरा ल्याएको बताए।

‘नसर्ने रोगको औषधि मूल्य आकासिएको छ,’ उनले भने, ‘त्यसैले यसलाई नियन्त्रण गर्न मैले समायोजनको प्रस्ताव ल्याएको छु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .