ad ad

राजनीति


रक्षामन्त्री राईद्वारा जंगी अड्डाको निरीक्षण

रक्षामन्त्री राईद्वारा जंगी अड्डाको निरीक्षण

नेपालखबर
साउन २८, २०८१ सोमबार १९:४, काठमाडौँ

रक्षामन्त्री मानवीर राईले जंगी अड्डाको निरीक्षण गरेका छन्। रक्षामन्त्रीमा नियुक्त भएपश्चात् उनले पहिलो पटक जंगी अड्डा पुगेर नेपाली सेनाको बारेमा जानकारी लिएका हुन्।

जङ्गी अड्डामा आयोजित कार्यक्रममा मन्त्री राई समक्ष नेपाली सेनाको सङ्गठनात्मक स्वरूप, तैनाथी, स्वदेश र अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली सेनाले सञ्चालन गरिरहेका विविध गतिविधिहरूकाबारे जानकारी गराइएको नेपाली सेनाले जनाएको छ।

कायममुकायम प्रधान सेनापति अशोकराज सिग्देलले रक्षामन्त्री राईलाई स्वागत गरेका थिए।

सम्बोधनको क्रममा रक्षामन्त्री राईले राष्ट्र सेवाप्रति अविचलित समर्पण तथा यस क्रममा नेपाली सेनाले देखाएको दृढता सधैँ प्रशंसनीय रहेको उल्लेख गरे।

समग्र राष्ट्रको, सेनाप्रतिको भरोसालाई कायमै राख्दै आफूलाई प्राप्त संविधान प्रदत्त जिम्मेवारीहरू एवम् अन्य सबै प्रकारका चुनौतीपूर्ण कार्यहरू निर्वाह गर्न भविष्यमा पनि नेपाली सेना सफल हुनेमा विश्वस्त रहेको बताए।

उनले नेपाली सेनाको समग्र क्षमता अभिवृद्धि तथा सङ्गठनात्मक सुदृढीकरणमा रक्षा मन्त्रालयले सदैव सकारात्मक भूमिका निर्वाह गरिरहने कुरा बताउँदै उच्च हौसला सहित कर्तव्यपथमा समर्पित रहिरहन नेपाली सेनाका सकलदर्जालाई आह्वान गरे।

कार्यक्रममा रक्षा सचिव रामेश्वर दङ्गालले नेपाली सेनाको समयसापेक्ष क्षमता विकास एवम् आधुनिकीकरण, दीर्घकालीन सोच–२०८७ को सफल कार्यान्वयन, विकास निर्माणका कार्यहरूमा सहजीकरणका लागि नेपाली सेनालाई आवश्यक पर्ने नीतिगत, प्रक्रियागत, बजेट लगायतका विषयहरूमा सहयोग एवम् सहजीकरणको लागि मन्त्रालय प्रतिबद्ध रहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .