ad ad

राजनीति


आजको संसद् बैठकमा प्रमुख दलका शीर्ष नेताले सम्बोधन गर्ने

टीआरसी विधेयक आजै पारित गर्ने तयारी
आजको संसद् बैठकमा प्रमुख दलका शीर्ष नेताले सम्बोधन गर्ने

नेपालखबर
साउन ३०, २०८१ बुधबार ८:१२, काठमाडौँ

संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ। संक्रमणकालीन न्यायसम्बन्धी संशोधन विधेयक पारित गर्ने प्रयोजनको लागि आज संसद् बैठक बस्न लागेको हो। बैठक बुधबार दिउँसो १ बजेका लागि बोलाइएको छ। 

संक्रमणकालीन न्यायसँग सम्बन्धित बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक (टीआरसी) मा दफावार छलफलपछि संसदीय समितिले तयार पारेको प्रतिवेदन मंगलबारको प्रतिनिधि सभा बैठकमा पेस भइसकेको छ। 

 

आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले विधेयकमाथि छलफल र पारित गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची संसद् सचिवालयले सार्वजनिक गरेको छ। 

बहुप्रतीक्षित टीआरसी विधेयकका सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित शीर्ष नेताहरूले आजको बैठकमा सम्बोधन गरेपछि बाँकी प्रक्रिया अगाडि बढाइने संसद् सचिवालयको तयारी छ। 

यो विधेयक आजको प्रतिनिधिसभाबाट पारित भए भोलि  राष्ट्रिय सभाबाट पनि याे विधेयक पारित गर्ने तयारी छ। ​  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .